१२ बैशाख २०८१, बुधबार
Follow Us

आज ज्येष्ठ नागरिक दिवस

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७५, सोमबार ०७:३०

काठमाडौं । आज विश्वभर ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखका दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो ।

विश्वमै ज्येष्ठ नागरिकको संख्या बढिरहेको र सामाजिक संरचनामा परिवर्तन आएअनुसार वृद्धवृद्धाका समस्या बढिरहेका कारण ज्येष्ठ नागरिकको सहज जीवनयापन, सम्मान र अधिकारमा पहुँच पु-याउने उद्देश्य हासिल गर्न यो दिवस महत्वपूर्ण मानिन्छ ।

विश्वको जनसंख्याको १२ प्रतिशत अर्थात् ९० करोड जनसंख्या ज्येष्ठ नागरिकको छ । खानपान, स्वास्थ्य सेवा, उच्च जीवनशैलीका कारण औषत आयु बढेसँगै ज्येष्ठ नागरिकको संख्या क्रमिक रुपमा बढिरहेको छ ।