८ बैशाख २०८१, शनिबार
Follow Us

पर्वत वेलफेयर सोसाइटी यूकेको चुनाव डिसेम्वरमा

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७५, सोमबार १४:१२

लण्डन । सामाजिक कार्यमा निकै सक्रिय रहँदै आएको पर्वत वेलफेर सोसाइटी युकेको सातौ अधिवेशनको मिती तय भएको छ । संस्थाको सातौ अधिवेशन एवं वार्षिक साधारणसभा आगामी डिसेम्बर १६ आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा गर्ने तय गरिएको हो ।

सेप्टेम्बर ३० का दिन अल्डरसटको एम्पायर हलमा भएको बैठकले सो निर्णय गरेको अध्यक्ष दधि आचार्याले जनता टाईम्सलाई जानकारी दिनुभयो । अध्यक्ष आचार्यका अनुसार अधिवेशनमा निर्वाचन पनि हुने भएकाले संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरिएको छ ।

निर्वाचन समितिमा संस्थाका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, सल्लाहकार धन बहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य रहनुभएको छ भने सल्लाहकार तथा संस्थापक महासचिव युवन गुरुङ सदस्य सचिव रहनुभएको छ ।

बैठकले पर्वतको कुस्माको शिवालय माविमा स्थापना गरिएको १० लाखको अक्षयकोषको ब्याजबाट प्राप्त रकम बार्षिक रुपमा त्यहाँ अध्यनरत दृष्टिविहीन बिधार्थीलार्इ दामाशाही रुपमा दिने निर्णय भएको कोषाध्यक्ष नेत्र आलेले जानकारी गराउनुभयो ।

अध्यक्ष दधि आचार्यको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थाले दुई वर्षसम्म गरेका कामहरुको समिक्षा र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने जस्ता विविध विषयमा छलफल भएको थियो। महासचिव भरत पौड्यालले संचालन गर्नु भएको बैठकमा अध्यक्ष आचार्यले आफ्नो २ बर्षे कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापान गर्नुभएको थियो ।

सोहि बैठकमा पर्वत वेलफेर सोसाइटी युकेको निमन्त्रणमा नेपालबाट आउनु भएका चर्चित लोकगायक विमलराज छेत्रीलाई सम्मान गरिएको थियो । साथै हालै किङ्गस्टोन विश्वविद्यालयबाटा विद्यावारिधि गर्नुहहुने संस्थाका सदस्य डा बासुदेव पौड्याललार्इ पनि सम्मान गरिएको थियो। साथै बैठकले अक्टुबर १२ मा अल्डरसटको एम्पायर हलमा लोकगायक विमलराज छेत्रीको बिदाइ साँझ पनि राखेको छ।

बैठकमा अध्यक्ष दधि आचार्य, उपाध्यक्षद्वय एकबहादुर पुन र संजिव गुरुङ , महासचिब भरत पौड्याल, कोषाध्यक्ष नेत्र आले, सदस्य डा बासुदेव पौड्याल, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा सल्लाहकार पुरन गिरि, सल्लाहकार तथा संस्थापक महासचिब युवन गुरुङ, जुमकाजी गुरुङ , राजकुमार गुरुङ लगायतको उपस्थिती थियो।