८ बैशाख २०८१, शनिबार
Follow Us

‘म: म एण्ड रोटी वेम्लीमा’

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७५, सोमबार १४:१७

लण्डन। अन्तरास्ट्रिय बाजारमा नेपाली ब्रान्डेड चेन रेस्टुरेन्टहरु कमै मात्रामा छन् यो अभावलाई चिर्दै “मम एण्ड रोटी” ब्राण्डले आफ्नो चेन रेस्टुरेन्टको सुरुवात बेलायतबाट गरेको छ ।

लन्डन हन्स्लोमा १ वर्षको प्रयोगात्मक अनुभव संगै सिर्जना गरिएको मम एण्ड रोटी ब्रान्डले आफ्नो दोश्रो ब्रान्च बिश्व विख्यात वेम्ब्ली स्टेडियम नजिकै अल्पर्टनमा विस्तार गरेको छ ।

अक्टोबर १ बाट सुरु हुने यो ब्रान्चमा नेपाली स्वादका पारखीहरुलाई गुणस्तरिय र स्वास्थ्य बर्धक खानेकुराका लागि उचित गन्तब्य हुने बताइएको छ ।

मम एण्ड रोटी हिमालयन क्षेत्रको स्वाद बिशेष गरेर नेपाली खानेकुरालाई अन्तरास्ट्रिय स्तरमा ब्रान्डिंङ गर्न ग्लोबल ब्रान्डमा काम गरिसकेका एक्जुकेटिभ सेफ बिनोद बरालको कन्सेप्ट , सर्भिस म्यानेजर बसन्त मैनालीको हस्पिटालीटी , नरेश शर्माको अनुभव , लामो समय यस ब्यबसायमा सक्रिय मनोज मेहता र महेन्द्र भट्टराई , जगन कार्कीको टिमले संचालनमा ल्यायाएको हो ।
होम डेलिभरी र ईंट इन सुविधा रहेको रेसटूरेंटमा स्वाद अलावा स्वास्थ्यलाई पनि मध्यनज़र गरेर स्टिम भेज र कम मसला र चिप्लोपनलाई बिशेष ध्यान दिएर मेन्यू तायार गरीएको एक्ज़ूकेटीव सेफ़ बरालले जानकारी दिए ।
“Light Fresh Healthy” नै यो ब्रान्डको मुख्य उदेश्य रहेको भन्दै इन्डियन खानेकुरा र पश्चिमी खानाको भन्दा अब नेपाली खानाको भबिस्य उज्वल रहेको भन्दै लगानी गर्न इच्छुक उद्यमीहरुलाई ठाउँ र अवस्था हेरेर अवसर दिन सकिने बरालले जानकारी दिए ।

बेलायतका अन्य सहरहरु अल्डरसट फ़ार्नबोरो , ग्रिनविच , साउथहल क्षेत्रमा प्रोपर्टी सर्च सुरु भइसकेको र यस अलावा अस्ट्रेलिया , दुबई , नेपाल , जापान , अमेरिका लगायतका देशहरुमा क्रमसः विस्तार हुँदै जाने लक्ष लिएको ब्रान्ड निर्देशक जगन कार्कीले बताए ।