४ बैशाख २०८१, मंगलवार
Follow Us

मसल मोडेल प्रतियोगितामा परिक्षितलाई अस्ट्रेलियामा दुई स्वर्ण

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७५, मंगलवार ०८:१२

बालाराट । अस्ट्रेलियाको भिक्टोरिया राज्यको तेश्रो ठूलो शहर बालाराटमा जर्जिया हल्टनमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । संभवत मेलबर्नमा बस्ने नेपालीद्धारा यस किसिमको प्रतियोगितामा यसरी स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन ।

श्रेष्ठले म्यान्स फिटनेस नोभाइस र म्यान्स फिटनेस ओपन दुई क्याटागोरीका लागि स्वर्ण पदक प्राप्त गरेका हुन । प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भएता पनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो ।

यो प्रतियोगिताको तयारीको लागि श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोष कुमार श्रेष्ठको परामर्श अनुरुप तयारी गर्दै आएका थिए । नियमित रुपमा सन्तोषकुमार श्रेष्ठको संपर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उन्कै सुझाब अनुरुप गर्दै आएका थिए ।

यो सफलतासंगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रियस्तरको च्याम्पियनशिपमा सहभागी हुन योग्य भएका छन । प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले नेपाल र नेपालीको गौरब उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।