१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रतिवदेन सार्वजनिक नगरेको भन्दै कञ्चनपुर बन्द

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७५, मंगलवार ०८:२१

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारले ढिलाई गरेको र प्रतिवेदन सार्वजनिक नगरेको भन्दै नेपाल विद्यार्थी संघ र स्थानीयवासीले स्वस्फुर्तरुपमा कञ्चनपुर वन्द गराएका छन् ।

२ महिना भन्दा वढि समय वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेकोले घटना झन रहस्यमय बन्दै गएको भन्दै नेपाल विद्यार्थी संघ र यहाँका स्थानीय ब्यापारी तथा यातायात क्षेत्र लगायतकाले कञ्चनपुर बन्द गरेका हुन् । स्थानीयवासीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको डिएनए टेस्टको नतिजा नेगेटिभ आएपछि सरकारले वास्तविक दोषीलाई बचाउने भरपुर कोशिस गरिरहेको आशंका गरेका छन् ।

उच्च स्तरीय छानविन समितिले गृहमन्त्री रामवहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन वितिसक्दा समेत सार्वजनिक नगर्दा वास्तविक दोषीलाई वचाउने चलखेल भईरहेको भन्दै स्थानीयवासीले समेत शंका व्यक्त गर्न थालेका छन् । सरकारले निर्मला हत्या प्रकरणबारेमा खोजी गर्न आनाकानी गरिरहेको नेवि संघको आरोप छ । उनीहरुले वास्तविक हत्यारा पत्ता नलागेसम्म आन्दोलनका कार्यक्रमहरु यथावत रहने बताएका छन् ।