१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियम जनसम्पर्क समितिमा खैलावैला, सल्लाहकारले गरे राजिनामा

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७५, मंगलवार २३:२०

लण्डन । नेपाली जसम्पर्क समिति बेल्जियम फेरी विवादमा परेको छ । समितिमा सल्लाहकार बाबु राजा लामाले सभापति सिता सापकोटाको कार्यसैलीप्रति विभिन्न आरोप लगाएर राजिनामा गरे पछि विवाद चर्किएको हो । लामाले संस्था संचालन विधी र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको युरोपभ्रमणको क्रममा भएका गतिविधी प्रतिअसन्तुष्ट राख्दै मंगलवार राजिनामा गरेका हुन् ।

राजिनामाको पूर्णपाठ
श्री सभापतिज्यु
नेपाली जन सम्पर्क समिति
बेल्जियम

बिषय राजिनामा दिइएको बारेमा ।

युरोपको १७ १८ बर्ष लामो बसाईमा नेपाली कांग्रेससंग आबद्ध भईरहदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जन सम्पर्क समितिहरुमा बसेर काम पनि गरियो । यसरी काम गर्दै(गर्दा कति ठाउँमा प्रबाशको समितिमा रहेर आफ्नो तर्फबाट सक्दो सक्नेसम्म कामहरु गरियो भन्ने मेरो बुझाई छ यी सबै जन सम्पर्कका समितिहरुले आउँदा दिनमा समिक्षा गर्ला नै । यो समितिमा एक सल्लाहाकारको भूमिकामा बसेको आभास कहिले महसुस गर्न सकिएन खोइ किन हो मैले आजसम्म, अरु साथीहरुले कस्तो महसुस गर्नु भएको छ त्यो उहाँहरुको बिषय भयो । सानो उदाहरण दिंदै भन्न सक्छु जसस बेल्जियमको आधिकारिक समुह छ त्यस समुह बाहेक हामी २३ जना सल्लाहाकारको समुह बनाईयो जसमा सभापति सहित केहि पदाधिकारीको हामी केहि महिना स्वकीय सचिब भन्दा पनि अझै नितान्त केहि ब्यक्तिको मात्र हामी सल्लाह दिने ब्यक्तिको रुपमा दर्ज भयौं यो सर्ब बिद्धितै छ । यसबारेमा कुरा उठाएँ तर यसलाई सभापतिले कुनै राम्रो प्रतिक्रिया दिनु त् भएन नै तर अझै उपेक्षा गर्ने जस्तो शैलीमा प्रस्तुत हुनु भएको त्यतिबेला उपस्थिति हुनु भएकाहरुले पनि आभास गर्नु भएको थियो ।

सारंशमा म के भन्न चाहन्छु भने मैले जतिसम्म बुझ्न सके त्यो आधारमा आदरणीय बरिष्ठ नेताको करिब २ हप्ता युरोप भ्रमण र जससहरुलाई जुन सम्बोधन गर्न आमन्त्रण गरियो यी सबै कामहरु जसस बेल्जियमका सभापतिले मैले गरेको भन्ने दाबि जग(जाहेर नै छ । यस किसिमको कार्यक्रममा जे(जस्तो भयो त्यो आउने जसस बेल्जियमको कार्यसमितिले समिक्षा गर्ला नै तर मैले नेपाली कांग्रेसका आदरणीय रामचन्द्र पौडेलज्युबाट यस्तो खालको सम्बोधन हुन्छ भन्ने एकरति पनि सोच्न सकेको थिएन किनकी उहाँ नेपाली कांग्रेसको सिद्धान्त निष्ठा ब्यक्तित्व हुनु हुन्थ्यो । यी सबै कामहरु गर्नमा जुन गलत सल्लाह र कार्यकर्ताहरु बिचमा कित्ताकाट जस्तै बनाउने काम लगायत बरिष्ठ नेताको निष्ठामा समेत प्रश्न उठाउने कार्य जसस बेल्जियमका सभापति कै कारणले भएको हो भन्ने मेरो निष्कर्ष राख्दै यस्तो ने। का। मा आस्थावान राख्ने युरोपका सबै जसो जससहरुमा फाटो ल्याउने बेल्जियम जसस कार्यसमितिको पनि भूमिका रहेको महसुस गर्दै यस जसस बेल्जियममा एक सल्लाहकार भएर बस्न नसकिने जानकारी गराउंदै यस समितिमा आजका दिनबाट सल्लाहाकार नभएको जानकारी दिंदै मेरो राजिनामा स्वीकार गरी यस जसस बेल्जियमको आधिकारिक समुहबाट पनि हटाईयोस । धन्यबाद, जय नेपाल

बाबु राजा लामा
लुभेन, बेल्जियम