१२ बैशाख २०८१, बुधबार
Follow Us

रियल मड्रिड १-० ले पराजित

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७५, बुधबार ०५:४८

काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिड यो सिजन च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा नै अप्रत्यासित रुपमा पराजित भएको छ । समूह जी मा रहेको स्पेनिस क्लब रियल मड्रिड मंगलबार राति भएको खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग अप्रत्यासित १–० को हार बेहोर्न बाध्य भएको हो ।

घरेलु मैदानमा भएको खेलमा मस्कोको जितका लागि दोस्रो मिनेटमा नै निकोला च्लासिकले गोलेको गोल निर्णायक बन्यो । टोनी क्रसले गरेको ब्याक पासमा निकोलाले गोल गरेका हुन् । रियल मड्रिडका क्रस मस्कोको गोलका लागि सहयोगी बने । रियल मड्रिडका लागि करिम बेन्जिमा, कासेमिरो तथा मारिएनोले गोल गर्ने प्रयास गरेका थिए । तर उनीहरुको प्रहार वुडवर्क बन्यो ।

रियल मड्रिड चोटग्रस्त ग्यारेथ बेल बिना खेलेको थियो । खेलको इन्जुरी समयमा मस्कोका गोलरक्षक इगोर एकिनफीभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । दुई खेलबाट चार अंक जोडेको मस्को समूहको शीर्ष स्थानमा उक्लिएको छ । तीन अंकसहित रियल दोस्रो स्थानमा छ । समूह जी अन्तर्गत राति नै भएको खेलमा रोमाले भिक्टोरिया प्लेजनलाई ५–० ले हराएको छ ।