१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएनए युकेमा आर्थिक चलखेल’

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७५, बुधबार ०७:३६

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आयोजना गरेको अधिकांश कार्यक्रम घाटामा देखाइएको छ । यो घाटा पूर्ति गर्नका लागि अघिल्लो कार्यसमितिले संघको खातामा मौजुदा राखेको रकम वर्तमान कार्यसमितिले प्रयोग गरेको छ ।

एनआरएनए युकेले गत शनिवार अल्डरशटस्थित एम्पायर हलमा सार्वजानिक गरेको आर्थिक प्रतिवेदनमा संघले आयोजना गरेको अधिकांश कार्यक्रम घाटामा देखिएको छ ।
प्रतिवेदन अनुसार तत्कालीन अध्यक्ष मुक्षेत्र गुरुङको कार्यसमितिले वर्तमान कार्यसमितिलाई ३७ हजार ३ सय ५९ पाउन्ड (नेपाल हाउसबाहेक) हस्तान्तरण गरेको थियो । संघको खातामा ७ हजार ८ सय २७ पाउन्ड मौजुदा देखिएको छ ।

गत वर्षको सेप्टेम्बरमा योगकुमार फगामीले नेतृत्व सम्हालेदेखि हालसम्म ३० हजार पाउन्डभन्दा बढी खर्च देखाइएको छ । संघका कोषाध्यक्ष सचिन श्रेष्ठले संघले आयोजना गरेका अधिकांश कार्यक्रम घाटामा जाँदा आर्थिकभार व्यहोर्नु परेको जनाए ।

श्रेष्ठले आफूले संघको आर्थिक अवस्था चुस्त राख्ने प्रयास गर्दागर्दै विभिन्न खाले दवावका कारण चेक काट्न बाध्य पारिएको बताए । उनले भने, ‘सबैमा इमान्दारिता भइदिएको भए यति धेरै खर्च हुन नपर्ने हो । चन्दादाताले समेत इमान्दारिता नदेखाउँदा कार्यक्रममा घाटा भयो ।’

कोषाध्यक्ष श्रेष्ठले भने, ‘कबोल गरेको रकम सबैले दिने हो भने आर्थिक हिसाव बराबर हुन आउँछ, तर नाम चलेका र गन्यमान्य व्यक्तिले समेत कबोल गरेको रकम दिएका छैनन् ।

संघले गत शनिवार आयोजना गरेको काउन्सिल बैठकमा आर्थिक प्रतिवेदन औपाचारिक रुपमा पेश गर्ने भनिए पनि समय अभाव भन्दै प्रतिवेदनले बैठकमा प्रवेश नै पाएन् ।

संघको आफ्नै प्रतिवेदनअनुरुप हेर्नुहोस् कहाँ कति घाटा भयो । ठूलो रकम घाटामा गएका कार्यक्रम यस्ता छन् ।

तेक्वान्दो स्पोन्सर
सहयोग उठेको : १,९९४.११ पाउन्ड
स्पोन्सर खर्च : ७,००० पाउन्ड
घाटा : ५००५.८९ पाउन्ड

प्रकाशन : (नेपाली पत्र, एभरेष्ट टाइम्स)
सहयोग उठेको : ४०० पाउन्ड
स्पोन्सर खर्चः २००० पाउन्ड
घाटाः १६०० पाउन्ड

बक्सिङ विथ च्यारिटी

उठेको रकमः १७ हजार ७ सय ६५ पाउन्ड
खर्च रकम: २३ हजार ७ सय ९२ पाउन्ड
घाटा: ५ हजार ६ सय ५० पाउन्ड

अपांगको सहयोगार्थ च्यारिटी
सहयोग उठेको: २ हजार २ सय २१ पाउन्ड
खर्च: २ हजार ५ सय ४५ पाउन्ड
घाटाः ३ सय २४ पाउन्ड (पूर्ण विवरण आउन बाँकी)

प्रतिवेदन अनुसार अन्य शीर्षकमा करिब २१ हजार २ सय ११ पाउन्ड खर्च देखिएको छ ।

यस्तो छ ठूलो खर्च

बरबुजारथ: ३ हजार ५ सय १० पाउन्ड
सल्लाहकारलाई दिवा भोज: ३ हजार ४ सय ६५
राज्य समिति गठन: १ हजार ५ सय ७८*
एनआरएन डिजिटल : ५ हजार ४ सय पाउन्ड (विना प्रतिशप्रर्धा वेवसाइट बनाउन दिइएको)
स्टेश्नरी खर्च: १ हजार ५० पाउन्ड
दोहोरो नागरिकता अभियान: १ हजार पाउन्ड

हेर्नुहोस् एनआरएन युकेको आर्थिक प्रतिवेदन जस्ताको तस्तै

* प्रतिवेदन अनुरुप सच्याएको