८ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष हिक्मत थापाको ‘चिबोकका केटीहरु’

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७५, बुधबार ०७:५१

गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष हिक्मत थापा कबिता संग्रह लिएर आएका छन्।

नाइजेरियाको डेङ्गोटे कम्पनीका गु्रप जनरल म्यानेजर थापाको कविता संग्रह चिबोकका केटीहरु आगामी अक्टोबर १३ गते काठमाडौंमा सार्बजनिक गरिदैछ।

नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले छात्रामाथि लेखिएको हो।

कविता संग्रहमा चालिसको दशकदेखि लेखिएका प्रतिनिधिमूलक थापाका अटाएका छन्। कवितामा रास्ट्रप्रेम, प्रबासी पीडा र कबिको सौन्दर्य चेतले भरिपुर्ण छन्। कविता संग्रह सांग्रिला प्रकाशनले निकालेको हो।