१५ चैत्र २०८०, बिहीबार
Follow Us

आठ सदस्य महिला संघ चितवनमा मनोनित

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार १४:४३

चितवन । नेपाल महिला संघ चितवनले कार्यसमिति विस्तार गर्दै आठ जना सदस्य थप गरेको छ । तारा गुरुङ्, मेनुका रिमाल, सरस्वती पौडेल, कल्पना विक, गीता भट्टराई, कलावति भट्टराई, शोभा रिमाल, सुमित्रा अधिकारी ढकाल मनोनित गरिएको हो । ।

संघको विधानको परिक्षेद ३ को धारा १० उपधारा ३ (ङ) को (आ) अनुसार कार्यसमिति विस्तार गरिएको अध्यक्ष पार्वतीशाह ठकुरीले जानकारी दिइन् । क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट आठ जना जिल्ला सदस्यमा मनोनित गरेको उनले बताइन् । यस्तै क्षेत्रीय प्रतिनिधि देवीमाया ठकुरीको राजीनामा समेत स्वीकृत गरेको उनले बताइन् ।