६ चैत्र २०८०, मंगलवार
Follow Us

कुङफु टोली बेलायततर्फ

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार १५:०६

काठमाडौं । विश्व उमा कुङफु च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली बेलायत प्रस्थान गरेको छ ।

यही असोज १९ देखि २१ गतेसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् । कमलले तीन स्पर्धा मोङकी बक्सिङ, नाइन स्टिक्स र किक बक्सिङमा सहभागिता जनाउने छन् ।

मुन्नीले ताइची स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मुन्नी गत सेप्टेम्बरमा जर्मनीमा सम्पन्न १२औँ विश्व मार्सल आर्ट च्याम्पियनसिपकी कास्य विजेता हुन् ।

त्यसैगरी अफिसियलमा राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने तथा टिम व्यवस्थापकमा नेपाल उमा कुङ्फु सङ्घका सदस्य अशोक केसी हुनुहुन्छ ।

प्रतियोगितामा विभिन्न २१ राष्ट्रका एक हजार ५०० खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिनुभयो । टोलीलाई अध्यक्ष लामासहित सङ्घका पूर्वअध्यक्ष उद्धव थापामगर, उपाध्यक्ष सञ्जीत राई, कोषाध्यक्ष सुकमान लामालगायतले सफलताको शुभकामना दिँदै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।