६ बैशाख २०८१, बिहीबार
Follow Us

‘प्रधानमन्त्रीको अध्यक्षता गठित उच्चस्तरीय समितिमा एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने’

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७५, बिहीबार १९:३४

लन्डन । निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित एक उच्चस्तरीय समितिमा गैर आवासीय नेपाली संघको पूर्व अध्यक्षद्वय डा. उपेन्द्र महतो र जीवा लामिछाने परेका छन् ।

सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग, वाणिज्य प्रवर्द्धन संवाद परिषद् गठन गरेको हो । समितिको सदस्यहरुमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब, अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचार्इमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी छन्।

लामिछानेले यसअघि पूर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईको पालामा पूर्वअर्थसचिब रामेश्वोर खनालको संयोजकत्वमा गठित आर्थिक सल्लाहाकार परिषदमा समेत रहेर काम गरिसकेका छन् ।

पदेन सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघकी पूर्व अध्यक्ष लता प्याकुरेल, नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपालका अध्यक्ष र महिला चेम्बर अफ कमर्शका अध्यक्ष छन्।

निजी क्षेत्रबाट सुरज वैद्य, जगदीश अग्रवाल, सीपी शर्मा, अनुपमा खुँजेली, प्रमिला रिजाल आचार्य, अम्बिका श्रेष्ठ, पद्म ज्योती, वसन्त चौधरी, रविभक्त श्रेष्ठ, आङछिरिङ शेर्पा, कैलाश सिरोहिया, विश्वास ढकाल, नकिम उद्दिम, लोकमान्य गोल्छा र चिरञ्जिवीलाल अग्रवाल सदस्य छन्।