१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘छक्का पञ्जा’ बेलायतमा पनि उस्तै

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार २२:१२

लन्डन– हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले निमार्ण गरेको चलचित्र ‘छक्का पञ्जा’ बेलायतको अल्डरसटमा शनिबारदेखि प्रदर्शन सुरुवात भएको छ । नेपालमा प्रर्दशन सुरु भएको एक सातामै ५ करोडभन्दा बढी ब्यापार गरेको ‘छक्का पञ्जा’ले अल्डरशटको प्रिन्सेस हलमा पनि राम्रो ब्यापारको सुरुवात गरेको छ ।

शनिवार प्रिन्सेस हलमा भएको पहिलो शोको गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्यले शुभारम्भ गरे । उनले ‘छक्का पञ्जा’ले राम्रो सफलता पाउने आशा व्यक्त गरे ।

आयोजक नेपाली इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाइएको जानकारी दिए । उनले चलचिलत्र बेलायतका अन्य शहरमा समेत प्रर्दशनी गरिने जनाकारी दिए । खड्कासँगै आयोजक समूहका राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्काले फिल्म ‘छक्का पञ्जा’ बेलायत ल्याउन पहल गरेका थिए ।

दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् । शनिवारको शो हेर्न बेलायतका बिभिन्न स्थानबाट नेपालीहरु अल्डरशट पुगेका थिए । चलचित्र हेर्न हल पुगेका दर्शकहरुले निकै राम्रो चलचित्र बनेको र निकै मनोरन्जनात्मक भएको प्रतिक्रिया दिए ।