१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बैंकिङ कसुर मुद्दामा फरार कमल ज्ञवाली भारतबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार ०६:४२

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । पक्राउ परेका ज्ञवालीलाई प्रहरीले आज धनगढीवाट काठमाडौं ल्याएर सार्वजनिक गर्ने तयारी गरेको छ ।

६ करोड सम्पत्ति धितो राखेर ३ गुणा भन्दा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार रहेका थिए । ज्ञवालीमाथि कमसल धितो प्रवाह गरेर १२ करोड हिनमिना गरेको आरोप छ । ज्ञवालीलाई २०७३ जेठमा उच्च अदालत पाटनले ४ वर्ष कैद र १५ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।