१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार ०६:४५

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री दर १ सय १८ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ । खरिद दर भने १ सय १७ रुपैया ४३ पैसा कायम भएको छ ।

अमेरिकी अर्थतन्त्र सवल हुँदै गएका बेला डलरले नयाँ उचाइ छोएको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँका आधारमा निर्धारण हुने गर्छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो । तर नेपाली र भारतीय रुपैयाँबीचको बिक्रीदर भने स्थिर नै रहेको छ । डलर महंगो भएका कारण बिदेशबाट पैसा पठाउनेहरुलाई फाईदा भएपनि विदेशी सामानको भाउ भने बढ्ने हुँदा नकारात्मक असर पर्ने बताइन्छ ।