७ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक तीन दिनका लागि सर्‍यो

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार ०६:४८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक तीन दिनका लागि सरेको छ । आजका लागि बोलाइएको केन्द्रिय समिति बैठक तयारी नपुगेको भन्दै २२ गते सोमबारका लागि सारिएको हो । पार्टीको संसोधित विधान र समसामयिक विषयमा छलफल गर्न कांग्रेसले केन्द्रिय समिति बैठक बोलाएको हो ।

बैठकमा विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।