१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७५, शुक्रबार १२:२६

लिस्बन– दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग प्रदान गरेको छ।

जिल्लाको गैंडाकोट नगरपालिका – ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचार सहयोगार्थ समाजले आर्थिक सहयोग गरेको हो।
पीडित चालिसेको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि समाजले रकम संकलन गरी प्रवासी मुलुक पोर्चुगलबाट आर्थिक सहयोग गरेको हो।

समाजले सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत संकलीत एक लाख २३ हजार एक सय रुपैयां नगद पीडित चालिसेको बैंक खातामा पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिए।

आफ्नो जीवन रक्षाका लागि सहयोगको याचना गरेका चालिसेको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले रकम संकलन गरि पठाइएको सापकोटाले बताए।

काठमाडौंस्थित वीर अस्पतालमा डायलाइसिस गरि उपचार गराइरहेको पीडित चालिसेको मिर्गौला प्रत्यारोपणको लागि पहल भइरहेको छ।

चालिसेको उपचारका लागि जापान, दक्षिण कोरिया, कतार, साउदी अरब लगायतका प्रवासी मूलुकहरुबाट समेत सहयोग जुटिरहेकोे सापकोटाले बताए।

यसअघि समाजले चालिसेको उपचार सहयोगार्थ एक लाख सात हजार पांच सय ८५ रुपैयां नेपाल पठाएको थियो। पीडित चालिसेको श्रीमती, ४ बर्षीय छोरा र बृद्ध बुवाआमा रहेका छन्।