१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको १० किमी र फन रनको तयारी पूरा

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७५, शुक्रबार १२:३२

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटीले हरेक वर्ष आयोजना गर्दै आएको १० किमी रन र २ किमी फन रन लाई यसपटक पनि निरन्तरता दिइने भएको छ ।

रश्मोर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २ किलोमिटरको फन रन सञ्चालन हुंदैछन् ।

यहि अक्टोबर महिनाको १४ तारिखका दिन बिहान १० बजे दौड सुरु हुनेछ । यो दौडका लागि सम्पुर्ण तयारी पूरा भइसकेको जानकारी ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जिव बेल्वासेले जानकारी दिए ।

यसपटक १० किमीतर्फ ११ सय तथा २ किमीतर्फ ३ देखि ५ सय जनासम्मले सहभागिता जनाउंदैछन् । १० के तर्फ हालसम्म ९ सय ६८ जनाले बुक गरिसकेको रेस डाइरेक्टर डभे पोर्टरले जानकारी गराए ।

स्थानीय नेपाली र बेलायती दुवै समुदायको सहभागिता रहने यो दौड विगतमा १० किमी मात्रै आयोजना हुने गरेको थियो । तर गत वर्षदेखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी २ किमी फन रनको समेत आयोजना गर्न थालिएको हो । फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रश्मोर नेपाली कम्युनिटीले बहन गरेको छ ।

स्थानीइ बेलायती समुदायसंग नेपाली समुदायको आपसी हार्दिकता बढाउन यो दौड महत्वपुर्ण बन्दै आएकोले हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने गरिएको छ ।

सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ वरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, महासचिव मान गुरुङ र बिर बलाल रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ भने सल्लाहाकार क्याप्टेन बिर थापा र उनको टिमले सम्पूर्ण मार्शल र साँस्कृतिक क्रियाकिलापको जिम्मेवारी निर्वाह गर्नेछ । त्यसैगरि मिमोसा अल्डारसटका मेनेजर एवं जीआरएनसी सदस्य दिल नेपालीले खानाको व्यवस्था गर्नेछन् । त्यस्तै, रश्मोर बरो काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका डेभ पोर्टर, ग्रेंजरका जेनी अपस्टिलको विशेस जिम्मेवारी रहेको छ।

फन रनको तयारीको लागि मंगलबार बसेको अन्तिम बैठकको समिक्षा अनुसार बिगत वर्षहरुमा भन्दा यो वर्ष नेपालीको तर्फबाट दौडमा भाग लिनेको संख्या निकै नै घटेको पाइएकोले पुनः सबै नेपाली समुदायमा https://www.fullonsport.com/event/rushmoor-wellesley-10k-run-2018/profile मार्फत यथासक्य छिटो बुक गर्नुहुन ग्रेटर रश्मोर नेपाली कम्युनिटीले हार्दिक अपिल गरेको प्रवक्ता प्रमिला राइले बताइन । दौडमा १० के तर्फ टिसर्ट र मेडल तथा फन रन तर्फ मेडल प्रदान गरिनेछ ।