१३ बैशाख २०८१, बिहीबार
Follow Us

अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट काठमाण्डौंमा

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार २२:२८

काठमाडौं । विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आइतवारबाट काठमाण्डौंमा सुरु हुदैंछ । नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

सम्मेलनमा भाग लिन रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमान आइतवार विहान काठमाण्डौं उत्रिएका छन् । सेक्टमानको सहभागिता सोमबार साँझ सोल्टी होटलमा बिषेश कार्यक्रमको आयोजना हुदैंछ । आइतवार देखि २३ सम्म चल्ने सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्।

रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानको सहभागिता निश्चित भएकोे सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा। हेमराज शर्माले बताए। सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्।
क्वजिआइक्रिस्टल केन्द्रित भएर दक्षिण एसियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विट्जरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा यसअघि यो सम्मेलन भइसकेको छ।

पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो। यसमा सामान्य किसिमका क्रिस्टलभन्दा फरक किसिमले अणु संयोजन भएको हुन्छ। यसको उपयोग पछिल्लो समय खाना पकाउने भाँडामा भएको छ। पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ। बोलीचालीको भाषामा यस्ता भाँडालाई ननस्टिक भनिन्छ।

हल्का, बलियो र विशिष्ट खालको क्वजिआइक्रिस्टल विमान निर्माणमा सबैभन्दा उपयुक्त हुनसक्ने वैज्ञानिक परिकल्पना छ। यसको उपयोग विमानको बाहिरी भागमा हुनसक्ने विषयमाथि अनुसन्धान भइरहेका बेला यही विषय केन्द्रित भएर नेपालमा सम्मेलन हुन लागेको हो।

सम्मेलनको उद्‌घाटन सत्र काठमाडौं विश्वविद्यालय (केयु) धुलेखलमा हुनेछ। नेपाली विद्यार्थी तथा वैज्ञानिकहरु लाभान्वित हुन सकुन भनेर उद्‌घाटन सत्रपछि केयुमै कार्यशाला राखिएको छ। सम्मेलनबाट नेपाली विद्यार्थी, अनुसन्धानकर्ता वैज्ञानिकहरुले सम्मेलनबाट प्रत्यक्ष अप्रत्यक्ष लाभ लिन पाउनेछन्ु, शर्माले भने।

सम्मेलनबाट स्थानीय वैज्ञानिक तथा युवाहरु लावान्भित हुन सकुन भनेर सम्मेलनको पहिलो दिन काठमाडौ विश्व विद्यालयका यूवा वैज्ञानिकहरुका लागि कार्यशाला आयोजना गरिने जानकारी उनले जानकारी दिए।

दोस्रो दिनदेखिका सत्रहरु धुलिखेल रिसोर्ट एन्ड लजमा सञ्चालन हुनेछन्। सेप्टेम्बर २१ मा नोबेल पुरस्कार विजेता डानियल सेक्टमानले त्रिभुवन विश्वविद्यालयको प्रेक्षालयमा सार्वजनिक प्रवचन दिनेछन्। सम्मेलनबाट नेपालका विद्यार्थी तथा वैज्ञानिकहरु लाभान्वित हुने शर्माले जनाए।

विश्वका विभिन्न मुलुकबाट आउने सहभागीले भूकम्पपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश समेत फैलाउने विश्वास आयोजकको छ। यो बाहेक सम्मेलनले गैरआवासीय नेपाली वैज्ञानिकहरुको साझा सञ्जाल निर्माणको पहल थाल्नेछ। डा।शर्माले सञ्जालले नेपालका वैज्ञानिक तथा संस्थाहरुसँग मिलेर नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने लक्ष्य राखेको सुनाए।