१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दैनिक उपभोग्य सामानको मुल्य बढ्यो

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार ०५:३१

काठमाडौं । दशैं नजिकिएसँगै बजार भाऊ तिनप्रतिदिन बढिरहेको छ । चाडपर्वको किनमेल बाक्लिएसँगै पेट्रोलियम पदार्थको मुल्य बृद्धि र सामान अभावलाई कारण देखाएर व्यापारीले मनोमानी मुल्य लिइरहँदा सरकार उपभोक्तालाई राहत र सहुलियत दिलाउन सकिरहेको छैन् ।

बजारमा दैनिक उपभोग्य सामानको मुल्य बढेको छ । सरकारले असोज ६ गते सवारी साधनको भाडा समायोजन गरेपछि खाद्यान्नदेखि तरकारीसम्मको मुल्य अकासिएको हो । केही व्यवसायी ढुवानी मुल्य बढेकाले सामानको मुल्य बृद्धि भएको बताइरहेका छन् भने केही सामानको माग बढी आपूर्ती कम हुँदा मुल्य बृद्धि भएको बताउछन् ।

चाडपर्व नजिकिएसँगै तरकारीदेखि खाद्यान्नसम्ममा अत्याधिक महंगी थपिएको सर्वसाधारणको गुनासो छ । तरकारीमा प्रति किलो १० रुपैयाँभन्दा धेरैको महंगी थपिदा खाद्यान्नतर्फ चामल, दाल र तेलको मुल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ । निरन्तर मूल्यवृद्धिको मार खेपिरहेका उपभोक्ता चाडपर्वमा झनै महंगी थपिएकोमा गुनासो गर्छन् ।

सरकारी अनुगमन प्रभावकारी नहुँदा ब्यापारीले आफुखुसी मुल्य निर्धारण मात्रै गरिरहेका छैनन्, बजारमा कृतिम अभाव देखाएर उपभोक्तासँग महंगो शुल्क लिइरहेका छन् । यता, दशैको मुखमा चर्काे मूल्यवृद्धिले ढाँड सेकिएका उपभोक्ता सरकारबाट राहत नपाएको भन्दै निराश भएका छन् ।