१३ बैशाख २०८१, बिहीबार
Follow Us

माइक्रो बस र ट्रक ठोक्किँदा छ जनाको मृत्यु, १२ जना घाइते

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार ११:२६

बाँके । बाँकेमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगन्जबाट दाङ गइरहेको लु १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको ठुटे जंगलमा आपसमा ठोक्किँदा माइक्रो बसमा सवार छ जनाको मृत्यु भएको हो ।

चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।