१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शंखमूल पार्कको सरसफाइमा एनआरएन अध्यक्ष भट्ट

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार १२:०५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क निर्माण हस्तान्तरण हुन ३ दिन अगाडि सरसफाइ गरिएको छ । पार्क वरिपर फोहोरको डंगुर देखिएपछि सरसफाइमा अध्यक्ष भवन भट्ट आफै खटिएका थिए । हस्तान्तरण गर्नै लाजमर्दो अवस्था भएपछि अध्यक्ष भट्टले आज शनिबार सरसफाइका लागि काठमाडौंमा रहेका एनआरएनलाई आह्वान गरेका थिए ।

अध्यक्ष भट्टले सरसफाइपछि सामाजिक सञ्जालमा लेखेका छन्–  ‘आगामी अक्टोबर ११ ‘एनआरएन डे’ मा हस्तान्तरण गरिने शंखमूल पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ। ठूलो संख्यामा उपस्थित स्वयंसेवक एवं बिभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपाली साथीहरुद्वारा आज पार्कको सरसफाई सम्पन्न भएको छ।’

करिब १ करोड २५ लाख रुपैयाँको लागतमा १ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित चार वर्षअघि उक्त परियोजना सुरु गरिएको थियो । निर्धारित समयभन्दा झन्डै चार वर्षपछि सम्पन्न भएको उक्त परियोजनाको लागत ३ करोड रुपैयाँभन्दा माथि पुगेको एनआरएनएले जनाएको छ ।