१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूएईद्धारा सुपरमार्केट खोल्ने निर्णय

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७५, शनिबार २१:३१

मध्य पूर्वका विभिन्न एनसिसीमध्ये सबैभन्दा सक्रिय रहँदै आएको एनआरएन युएईले आगामी नोभेम्बर २३ तारिखका दिन आफनो वार्षिक उत्सव गर्ने निर्णय गरेको छ । एनआरएन यूएईको १० औ कार्यसमिति बैठकले वार्षिक उत्सवको मिति तय गरेको हो ।

त्यस्तै, एनआरएन यूएईले नियमित कार्यसमिति बैठक यूएईका ७ ओटै प्रत्नमा गर्ने निर्णयअनुसार १० औ बैठक फुजेरामा सम्पन्न भएको थियो । बैठकले भावी योजना सहित विविध निर्णयसमेत गरेको छ । बैठकले एनआरएन यूएईले सुपरमार्केट खोल्ने निर्णय गरेको छ । जसको जिम्मेवारी निमित्त उपाध्यक्ष नेत्र शर्मालार्ई दिइएको छ । सुपरमोर्केट जनवरीको अन्तिमसम्ममा सञ्चालनमा ल्याइने भएको हो । पहिलो मार्केट दुवईमा खोल्ने र विस्तारै अन्य प्रान्तमा लग्ने योजना रहेको छ ।

यूएईको फुजेरा राज्य अन्तर्गत फुजेरामा सम्पन्न बैठकले भावी कार्ययोजनासहित विभिन्न निर्णय गरेको छ । एनआरएन यूएई प्रवक्ता मनु क्षत्रीका अनुसार बैठकले आगामी नोभेम्बर २३ का दिन वार्षिक उत्सव कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्र्रवत्ता क्षत्रीका अनुसार उत्सवका लागि निमित्त उपाध्यक्ष नेत्र शर्मालाई कार्यक्रम संयोजक तोकिएको छ । उत्सवका अवसरमा एनआरएनको यूएईको अभियानमा क्रियाशील रहँदै आउनुभएका महानुभाव, सामाजिक कार्यमा सहकार्य गर्दै आउनु भएका तथा संस्था रहेर आहोरात्र संस्थाको लागि खटिनु हुने व्यक्तित्त्वहरुलाई सम्मान कार्यक्रम समेत राखिने जनाइएको छ ।

त्यस्तै, बैठकले नेपालीहरुको महान चार्ड वडा दशैँ र तिहारमा आन्तरिक शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । देउसी भैलो कार्यक्रम गर्न निमित्त उपाअध्यक्ष बालकृष्ण मरासिनीलार्इ संयोजकको जिम्मेवारी दिइएको छ । साथै आगामी डिसेम्बर महिनामा एनआरएनए यूएईले यूएईका विभिन्न अस्पताल भिजिट गर्ने तथा लामो समय देखि कोहि नेपाली अस्पतालमा उपचारत रहेको भएमा लगत राख्ने र आवश्यक सहयोगका निमित्त पहल गर्ने निर्णय गरेको प्रवक्ता क्षत्रीले जानकारी दिनुभयो ।

बैठकले जनवरी महिनालार्इ यूएईमा रहदै आउनु भएका नेपाली परिवारहरुसँग भेटघाट अन्तरक्रिय तथा सामाजिक अभियानमा सहभागी बनाउने उद्देश्यले फेमिली डे कार्यक्रम आयोजना गर्ने भएको छ । फेब्रुरी महिनालाई जनचेतना तथा श्रमिक क्याम्प भ्रमण गर्ने र क्याम्प क्याम्पमा जनचेतना कार्यक्रम आयोजना गर्ने गरि जनचेतना महिनाका रुपमा कार्यक्रम आयोजना गर्ने भएको छ । सो कार्यक्रम राजदूतावाससँग समन्वय गरेर सञ्चालन गरिनेछ ।

साथै, एनआरएनए यूएईले तीन जना कार्यसमितिमा रहेर पनि विभिन्न समयमा बैठकमा अनुपस्थिति नभएको भन्दै कार्यसमिति सदस्यहरुलाई पदमुक्त गराएको छ । पदमुक्त हुनेमा ओम उप्रेती, सुमन पराजुली, सुमी गहतराज तथा महिला संयोजक मोति कुमारी रार्इ हुनुहुन्छ । साथै खाली रहेको तीन जनाको ठाउँमा यमडी बोहोरा, प्रकाश कार्की, दुर्गा सुब्बालाई मनोनीत गरिएको छ ।