१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लिम्बुलाई ६ महिना सदस्यबाट निश्कासन गर्ने पत्रकार महासंघ यूकेको निर्णय

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७५, शनिबार २२:२८

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले सदस्य खुशी लिम्बुलाई ६ महिनाको लागि साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको छ । वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालका अनुसार महासचिव सञ्जय कंडेलमाथि हातपात गरेको विषयलाई लिएर उनलाई निस्कासन गरिएको हो ।

लिम्बुले आफुलाई निस्कासन गरेको हल्ला सुने पनि अनौपचारिक रुपमा जानकारी नआएको बताए । उनले निस्कासन गरिएको होभने दुखद र अन्याय पूर्ण भएको भन्दै फोनिज र प्रेस युनियनसंग छलफल गरेर अगाडी बढ्ने जानकारी दिए ।

लिम्बु गैरआवसीय नेपाली संघ (एनआरएन) युकेको पुर्व प्रवक्ता तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिब समेत हुन् ।

शनिबार, लण्डनस्थित इलिङ्गमा अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले स्थानीय नेपाली संघसंस्थाहरुसंग अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।

बैठकले पत्रकारहरु तथा मिडिया सञ्चालकहरुको सहभागितामा एक कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ ।

यस्तै शाखाका सभासद तथा सल्लाहकारहरुको मनोनयनको लागि आवश्यक मापदण्ड निर्धारण गर्ने जिम्मा पदाधिकारीहरुलाई दिने निर्णय भएको छ ।

बैठकमा शाखाको सदस्यता शुद्धिकरणका लागि गठित समितिका संयोजक भगिरथ योगीले समितिले आफ्नो काम अघि बढाएको जानकारी दिएका थिए ।