१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वनाम थिएटरमा पहिलो चोटी कविताको चलदृश्य प्रदर्शनी

sarusaru
२१ आश्विन २०७५, आईतवार ०४:०६

काठमाण्डौ – शनिबार भव्य समारोहका बीच ‘बुझ्नै सकिन आज तिमीलाई ’कविताको चलदृश्य प्रदर्शनी भएको छ । विकास थापाद्वारा लिखित ‘ओकलेर आगो’ कविता संग्रहभित्रको एक कविता हो –बुझ्नै सकिनँ आज तिमीलाई । बुझ्नै सकिन आज तिमीलाईको निर्देशन हेम प्रभासले गरेका हुन् भने स्वर पनि प्रभासकै रहेको छ । सर्वनाम थिएटरमा कवि विकास थापाकी ममतामयी माता धनकुमारी थापाको अध्यक्ष्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । पुष्पल खड्का र वर्षा शिवाकोटीको अभिनय रहेको यस भिडियो नेपालमै पहिलो कविता सिनेमाटिक भिडियो रहेको दाबी गरिएको छ ।प्रकाशित ओकलेर आगो शीर्षक कविताकृतिमाथि युवा कविद्वय प्रभाती किरण र बलराम दाहालले समीक्षा गरेका थिए ।कवि विकास थापाद्वारा लिखित यस सङ्ग्रहभित्र ५९ कविता सङ्ग्रहित छन् । समाजका विभिन्न विसङ्गतिजन्य यथार्थसहित मानवीय संवेदनाका अनेक विषयमा कविता लेख्न रुचाउने कवि थापाका यसअघि फूलबिनाको जून, मौनताका सुस्केराहरू र दशगजाको वरिपरि तीन कवितासञ्चयन प्रकाशित छन् ।