१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दशैंका लागि आजबाट सुकिला नोट साट्न सुरु, कहाँ-कहाँबाट पाइन्छ ?

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७५, आईतवार ०६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजवाट सुकिला नोट साट्न शुरु गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र एक सय दरका सुकिला नोटको सटही खुल्ला गर्न लागेको हो । एकजना ब्यक्तिलाई २७ हजारका दरले सुकिला नोट सटही सुविधा उपलब्ध गराईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न एक्काइस स्थानवाट सुकिला नोट सटहीको ब्यवस्था मिलाइएको छ । सुकिला नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर जिल्लामा पनि सुकिला नोट साट्न पाइने छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि सुकिला नोट सटही गरिनेछ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुले असोज १२ गतेवाट नै सुकिला नोट उपलब्ध गराइसकेको छ । राष्ट्र बैंकले दसैं लक्षित गरी ६३ अर्ब रुपैयाँ सुकिला नोट बजारमा ल्याउन लागेको छ ।