६ चैत्र २०८०, मंगलवार
Follow Us

मेरी बास्सैमा मुन्द्रेको प्रवेश

sarusaru
२१ आश्विन २०७५, आईतवार १२:४४

काठमाण्डौ –अहिलेको सर्वाधिक रुचाइएको टेलिचलचित्र मेरी बास्सैमा जीतु नेपाल (मुन्द्रे)को प्रवेश भएको छ । असोज २४ (घटस्थापनाको दिन ) देशभर प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ को प्रमोसनको लागि जितु नेपाल (मुन्द्रे ) मेरी बास्सैमा अभिनय गर्न पुगेका छन् । अभिनयमा मुन्द्रे ‘छक्का पञ्जा ३ ,घटस्थापनाको दिन’ भन्ने नारासहित पुगेका छन् । मेरी बास्सैमा जीतु छक्का पञ्जाको नायककै रुपमा प्रवेश गरेका छन् । राजु मास्टर तथा बल्छी ध्रुवेद्वारा निर्देशित हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ अहिले ट्रेन्डिङ नं. २ मा रहेको छ ।