६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत कांग्रेसमा १२ जना सल्लाहकार

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७५, आईतवार २३:४९

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले १२ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । सल्लाहकार नियुक्त हुनेमा लोक गुरुङ, डा.  सम्पुर्णानन्द ढुंगाना, विश्व आदर्श पण्डित, शिबजी श्रेष्ठ, योगेन क्षेत्री, शेर सुनार, बिनोद मोक्तान, डा। पुरुषोत्तम पौडेल, नर कुमारी लिम्बु, बेद लावती, चिरञ्जीबी ढकाल, केश गुरुङ छन् ।

लण्डनस्थित साउथह्यारोमा सभापति युवराज गुरुङको अध्यक्षतमा बसेको बैठकले विभागहरुको समेत गठन गरेको छ । जसमा अनुशासन बिभागमा बिज्ञान प्रसाईं, संगठन विभागमा महेश कुमार दाहाल, महिला बिभाग कोपिला सुब्बा, पेशागत संघसंस्था समन्वय बिभागमा डा मीन रानाभाट, भूतपूर्व सैनिक बिभाग तर्कजंग गुरुङ, युवा, बिद्यार्थी तथा अतिरिक्त बिभागमा आलेख चौहान, कार्यक्रम तथा संयोजन बिभागमा सुरज केसी, आर्थिक बिभाग नोर्बु शेर्पा, प्रकाशन तथा प्रचार बिभाग खुशी लिम्बु रहेका छन् ।

समिति प्रवक्ता खुसी लिम्बुका अनुसार बिधानको धारा १६ को उपधारा अनुसार केन्द्रीय सभामा प्रतिनिधिसमेत मनोनीत गरेको छ । बैठकले थर्क सेन, योग कुमार फगामी, राजेन्द्र खरेल, सुनिल गुरुङ, सुमाया राई, बिनय अधिकारी, राज सुनुवार, खेमराज रानाभाट, नारायाण कंडेल, दयानिधि सापकोटालाई केन्द्रीय सभामा मनोनीत भए ।

त्यस्तै, बैठकले दशैं २०७५ मा भेटघाट तथा चियापान कार्यक्रम अक्टोबर २८ आइतबारको दिन साउथइस्ट लण्डनको प्लमस्टेडमा गर्ने निर्णय भएको छ । सो कार्यक्रमका लागि बैठकले कार्यक्रमको संयोजनको जिम्मा उपसभापति सुरज केसी र उपसंयोजनको जिम्मा सहमहामन्त्री उपेन पौडेललाई दिएको छ ।

बैठकले कार्य सम्पादन समितिको गठन गर्ने निर्णयसमेत गरेको छ । त्यसको लागि सबै अधिकारसहित सभापति युवराज गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमितिको अर्को बैठक डिसेम्बर ३० आइतबारको दिन बस्ने निर्णय गरि बैठक सम्पन्न भएको छ ।

बैठकले क्षेत्रीय समितिहरुको अधिबेशन गर्ने गराउने सम्बन्धमा केन्द्रीय समितिले क्षेत्रीय समितिलाई पत्र चलान गरी आजसम्म भएका गतिबिधिहरु र अब अघि बढ्ने भन्ने सम्बन्धमा तीन महिनाभित्रमा राय माग्ने भएको छ । सो अनुसार क्षेत्रीय समितिको अधिवेशन गर्नुपर्ने वा नपर्ने भनी निर्णय गरिने भएको छ ।