८ बैशाख २०८१, शनिबार
Follow Us

युवकको शव फेला

sarusaru
२२ आश्विन २०७५, सोमबार ०५:३८

लहान – सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
रासस