१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपाभित्रको असन्तुष्टि मिलाउन सचिवालय बैठक

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७५, सोमबार ०७:२०

काठमाडौं । सत्तारुढ पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । यसअघि हिजो अपराह्न बोलाइएको बैठ पार्टीका दुई अध्यक्षको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताबीच विवाद बढेका बेला सचिवालय बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओली अमेरिका र अर्का अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर भ्रमणका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै सरकारको काम र पार्टीको भूमिकाबारे वक्तव्य दिएका थिए ।

यो क्रम दोस्रो र तेस्रो तहका नेताहरुमा पनि देखिएको थियो । विवादपछि बस्न लागेको सचिवालय बैठकले तल्लो तहमा देखिएको एकता प्रक्रिया विवादका बारेमा छलफल हुने बताइएको छ । पार्टी एकता प्रक्रियामा दुई अध्यक्षले मनोमानी गरेको आरोप नेपाल पक्षका नेताहरुले लगाउँदै आएका छन् ।