१५ चैत्र २०८०, बिहीबार
Follow Us

तीन प्रहरी वृत्तको डीएसपी परिवर्तन

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७५, सोमबार १४:०३

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यकाका तीन प्रहरी वृत्तको नेतृत्व परिवर्तन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त बौद्धमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको छ । बौद्धका डीएसपी श्यामकुमार राई गत शनिबार घुस काण्डमा निलम्बनमा परेपछि वृत्तको नेतृत्व रिक्त रहेको थियो ।

त्यसैगरी थानकोटमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ । थानकोटका डीएसपी नवरत्न पौडेल युएन मिशनमा जाने भएपछि थापालाई त्यहाँ पठाईएको हो भने सातदोबाटोका डीएसपी विनोद सिलवाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धनन विभागमा सरुवा भएपछि उक्त स्थानमा मिश्रलाई पठाईएको हो ।

चन्दको बौद्ध सरुवापछि यसअघि उनी कार्यरत रहेको महानगरीय प्रहरी परिसर ललितपुरमा विवादास्पद छविका अपिलराज बोहराको सरुवा भएको छ । सोमबार वृत्तका इञ्चार्ज भएका डीएसपीहरु चन्द, थापा र मिश्र व्यवसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।