७ बैशाख २०८१, शुक्रबार
Follow Us

बौद्ध, थानकोट र सातदोबाटोका प्रहरी प्रमूख फेरिए

sarusaru
२३ आश्विन २०७५, मंगलवार ०३:४०

काठमाडौं । पछिल्लो समय विवादमा आएको महानगरीय प्रहरी वृत्त बौद्ध, थानकोट र ललितपुरको सातदोबाटोका प्रहरी प्रमूख परिवर्तन गरिएको छ।

गत शनिबार महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई घुष काण्डमा निलम्बित भएपछि आजदेखी उक्त स्थानमा डीएसपी नरेन्द्र चन्दलाई खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

डीएसपी चन्द बौद्ध सरुवा भएपछि उनी कार्यरत महानगरीय प्रहरी परिसर ललितपुरमा अपिलराज बोहराको सरुवा भएको छ। त्यसैगरी थानकोट वृत्तमा डीएसपी कुमार विक्रम थापालाई सरुवा गरिएको छ भने ललितपुरको सातदोबाटो वृत्तमा डीएसपी गौतम मिश्रलाई पठाईएको छ।
डिसी नेपाल