१३ बैशाख २०८१, बिहीबार
Follow Us

माधव नेपालको लिखित असहमतिमाथि बुधबार छलफल हुने

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७५, मंगलवार ०६:२५

काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपालले राखेको लिखित असहमतिमाथि नेकपाको पर्सी बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले एजेण्डा तय गर्दै नेता नेपालको असहमति–पत्रमाथि पर्सी बुधवार छलफल हुने जनाएको हो । प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव मनोनयनप्रति असन्तुष्टि जनाउँदै नेता नेपालले महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाउनु भएको छ ।

पछिल्लो समय पार्टी र सरकारको काम कारबाहीबारे देखिएको विवादबारे छलफल गर्न भन्दै सोमबार बसेको बैठक नेताहरुको विदेश भ्रमण ‘ब्रिफिङ’मै सीमित भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीले अमेरिका र कोस्टारिका, अर्का अध्यक्ष पुष्पकमल दाहालले भारत र चीन, वरिष्ठ नेता नेपालको घाना र चीन तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको चीन भ्रमणबारे जानकारी गराएका थिए ।

स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको सचिवालयको अर्को बैठक पर्सी बुधवार बालुवाटारमै बस्ने छ । स्थायी कमिटी बैठकको मिति भने तोकिएको छैन ।