१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या करिब दुई हजार

sarusaru
२३ आश्विन २०७५, मंगलवार ०७:३०

जाकार्ता – इन्डोनेसियामा केही दिन अगाडी आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको सङ्ख्या करिब दुई हजार पुगेको छ।
अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ ।
सरकारी अधिकारीहरुले भूकम्प र सुनामीमा परी अझै पनि पाँच हजार जना बेपत्ता नै रहेको जनाएका छन् ।
इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत सेप्टेम्बर २८का दिन शक्तिशाली भूकम्प र सुनामी आएको थियो ।
बेपत्ता हुनेहरूको सङ्ख्या ठूलो रहेको र खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझै बढ्ने अधिकारीहरूले बताएका छन् ।
घटनामा परी अरु हजारौँ घाइते भएका छन् भने ठूलो मात्रामा भौतिक क्षति भएको छ । भौतिक संरचनाहरु ध्वस्त भएकाले ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापित भएका छन् ।
स्वास्थ्य संस्थाहरुमा समेत अत्यधिक असर परेकाले स्वास्थ सेवा प्रवाहमा पनि असर परेको समाचारमा जनाइएको छ ।
रासस÷सिन्ह्वा