१३ बैशाख २०८१, बिहीबार
Follow Us

कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन

sarusaru
२३ आश्विन २०७५, मंगलवार १०:५६

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ ।टिकाथलीस्थित निवासमा रुख ढाल्दा पोल लडेर गम्भिर घाइते भएका अध्यक्ष बोगटीलाई बि एण्ड बि अस्पतालमा लगिएको थियो । अस्पताल लैजाँदा लैजाँदै उनको बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अहिले पोस्टपार्टम का लागि पाटन अस्पताल लगिएको छ ।

रामकेशर बोगटीको असमायीक निधन हुँदा सम्पूर्ण फिल्म क्षेत्र शोकमा डुबेको छ । स्वर्गिय रामकेशर बोगटीप्रति हार्दिक श्रद्धा सुमन !