१३ बैशाख २०८१, बिहीबार
Follow Us

पद त्यागको पत्र पार्टीमा बुझाइ सकें : रामवीर मानन्धर

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७५, मंगलवार १३:५०

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले पदत्यागका लागि तयार भएको पत्र पार्टीमा बुझाएको स्पस्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले आफूले सांसद पदत्याग गर्न तयार रहेको पत्र सोमबार पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिएका हुन् ।

पार्टीले निर्णय गरेपछि सांसद पदको राजीनामा संसद सचिवालयमा बुझाउने पनि उनले बताए । उक्त क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने रणनीतिअन्तर्गत् आफूले राजीनामा दिन चाहेको पनि मानन्धरले बताए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मानन्धर तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।