१५ बैशाख २०८१, शनिबार
Follow Us

बधुबार घटस्थापना, जमरा राख्ने साइत विहान ७:१५ बजे

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७५, मंगलवार १४:४०

काठमाडौं नेपालीहरूको महान चाड बडादशैं भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतबाट शुरु हुँदैछ । भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतघटस्थापनाबाट बडादशैं शुरु भएको मानिन्छ । भोलि असोज २४ गते नवरात्र मेला सुरु भई बिहान ७:१५ बजे घटस्थापनाको साइत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

त्यसै गरी बडादशैं कात्तिक २ गते परेको र टीकाको शुभ साइत ९:५१ बजे मानिएको छ। २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९:२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी रहेको छ। कात्तिक ६ गते जमरा सेलाउने र ७ गते कोजाग्रत पूर्णिमा तोकिएको छ।

पर्चा परम्परा अनुसार साइत उपत्यकाका तीनवटै मल्लकालीन दरबारका ढोकामा सर्वसाधारणको जानकारीका लागि टाँस भएको हनुमानढोका दरवार हेरचाह अड्डाका पर्वपूजा समितिका संयोजक मिठाराम पुडासैनीले जानकारी दिएका छन् ।