७ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङमा सुपथ मूल्य पसल संचालन अन्यौल

sarusaru
२४ आश्विन २०७५, बुधबार ०५:०५

दशै नजिकिदै गर्दा पनि बागलुङमा सुपथ मुल्य पसल संचालनमा अन्यौल भएको छ ।
चाडपर्वहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याईने सुपथ मुल्य पसल अन्य ठााउहरुमा संचालनमा आए पन् िभने बागलुङमा संचालन हुन सकेको छैनन् ।
मंगलबार संचालन गरिने भनिएको सुपथ मुल्य पसल चिनीको मुल्य निर्धारण नहुदा पसल संचालनमा गर्न नसकेको साल्ड ट्ेरडिङ्ग कर्पाेरेशन बागलुङ शाखाका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो ।
सरकारले प्रत्येक वर्ष दशै, तिहार, छठ लगायत ठूला पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल संचालन गर्दै आएको छ । शाखा प्रमुख श्रेष्ठका अनुसार अहिले नुनको निर्धारित सुपथ मुल्य प्रति के.जि १८ तोकिएको र नुन एक जनालाई ३ के.जी र चिनी ६ के.जी सम्म विक्र गर्ने योजना रहेको उहााले बताउनुभयो ।
चिनीको मुल्य निर्धारण गरी आईतवार सुपथ मुल्य संचालनमा ल्याउने श्रेष्ठले बताउनुभएको छ ।