६ बैशाख २०८१, बिहीबार
Follow Us

‘१५ वर्ष पछि एनआरएन सचिवालय आफनै भवनमा’

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७५, बुधबार ०७:५४

लण्डन । गैरआवासीय नेपाली संघ स्थापना भएको १५ वर्ष पछि आफनो भवनमा सर्ने भएको छ । विश्वभर छरिएका नेपालीहरुद्धारा संकलित करिब ४० करोडको लगानीमा निर्माणधीन भवनमा विहीवार ‘एनआरएन डे’ मा सर्ने तयारी गरेको हो । संघले स्थापनाकाल देखी उद्योग वाणिज्य महासंघले उपलव्ध गराएको कोठामा कार्यालय संचालन गर्दै आएको थियो । बिगत १ वर्ष देखी अध्यक्ष भवन भट्टले आफ्नै कार्यालय भवनमा संघको सचिवालय सारेका थिए ।

आज सोही अवसरमा बुधवार भवनको प्रवेश पुजा गरिएको छ । एनआरएन अध्यक्ष भवन भट्ट, महासचिव बद्री केसी, कोषाध्यक्ष हिक्मत थापालगायतका पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागितामा प्रवेश पुजा गरिएको हो ।
भवन निमार्ण समितिका संयोजक तथा उपाध्यक्ष कुमार पन्तले संघको लागि ऐतिहासिक दिन भएको भन्दैं बाँकी काम विस्तारै सम्पन्न हुदैं जाने जानकारी दिए।

गैरआवासीय नेपाली संघले शख्खमुल पार्क भोली नै सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रमतय गरेको छ । शंमुल पार्क निमार्ण कार्यमा ढिलाई भए पछि संघका अध्यक्ष भवन भट्टको अग्रसरतमा निमार्ण सम्पन्न भएको हो ।

एनआरएन प्रवक्ता भुषण घिमिरेका अनुसार संघले यस अवसरमा सदा झैं यस वर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउन गैरहेको छ । यो वर्षको गैरआवासीय नेपाली दिवस अझ विशेष हुने प्रवक्ता घिमिरले बताए ।

सोही अवसर पारेर संघको मिडिया तथा प्रकाशन समितिले विज्ञ सम्मेलन एनआरएन ग्लोवल विषेशांक स्मारिका समेत प्रकाशन गर्न लागेको संघका समाचार संयोजक चिरन शर्माले जनाकारी दिए ।

कार्यक्रम अनुसार अक्टोवर १२ देखि १४ सम्म विज्ञ सम्मेलन हुने भएको छ । ‘सो सम्मेलनमा ४ सय भन्दा बढी संसारभर छरिएर रहेमा स्वदेशी तथा विदेशी विभिन्न क्षेत्रका विज्ञहरुले आर्जनगरेका विज्ञता, अनुभव र शिपलाई नेपालका सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्र प्रस्तुत गर्न गैरहेका छन् ।