१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन डे मनाउन उत्साहित छु: शेष घले

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७५, बुधबार ०९:०४

काठमाण्डौं । भोलि देखी शुरु हुने एनआरएन डे मनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वमान अध्यक्ष शेष घले काठमाण्डौंमा उत्रिएका छन् । बुधवार दिउँसो काठमाण्डौं आएका घलेले विज्ञ सम्मेलन र विद्यानसभा हुन लागेकोले आफु उत्साहित भएको वताए ।

उनले भने विज्ञ सम्मेलन र विधानसभा भएको हुनाले अरु बेला भन्दा यो एनआरएन डे विषेश छ । घलेले भने ‘भोलि देखी हुने संघका कार्यक्रम देखी उत्साहित छु’ । प्रत्येक वर्ष संस्थामा सुधार हुदै जाने विश्वास समेत रहेको घलेले प्रतिक्रिया दिए ।

घलेको स्वागतको लागि उनि निकटवर्ती एनआरएनहरुको त्रिभुवन विमानस्थलमा बाक्लो उपस्थित थियो । घलेले काठमाण्डौंमा प्रधानमन्त्री केपी ओलीले उद्धघान गर्ने विज्ञ सम्मेलनमा समेत सम्वोधन गर्ने छन् । घलेको स्वागतको लागि संघकी सचिव जानकी गुरुङ, एनआरएन अमेरिका पूर्व संयोजक सोनाम लामा, एसी सेर्पा लगायतको उपस्थित थिए । घलेसंगै उनकी धर्मपत्नी जमुना गुरुङ समेत काठमाण्डौं आएकी छन् ।