७ बैशाख २०८१, शुक्रबार
Follow Us

बन्द उद्योग सञ्चालन गर्ने कृषी मन्त्रीको उद्घोष

sarusaru
२५ आश्विन २०७५, बिहीबार ०२:१६

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले बन्द अवस्थामा रहेका कपास तथा धागो उद्योग सञ्चालनका लागि मन्त्रालयले पहल थालेको बताएका छन्।

चाडपर्वका अवसरमा बुधबार काठमाडौँमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले ती उद्योग खुलाउने विषयमा उद्योग मन्त्रालयसँग पहल थालिएको जानकारी दिए।

मन्त्री खनालले दुई मन्त्रालय मिलेर एउटा समूह नै निर्माण गरी बन्द उद्योग सञ्चालनका लागि आवश्यक काम शुरु गरिएको बताउँदै महङ्गो भए पनि नेपालमै उत्पादित कपडा पहिलो चरणमा सरकारी कर्मचारी र सुरक्षा निकायबाट प्रयोगमा ल्याइनेछ भने।

बाँके जिल्लामा रहेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिका रुपमा विकास गर्ने योजना रहेको बताउँदै उनले यस्ता उद्योग सञ्चालन गर्नसके धेरै युवाले रोजगार पाउने र मुलुकको अर्थतन्त्रमासमेत टेवा पुग्ने विचार व्यक्त गरे।

मन्त्री खनालले वीरगञ्जको कृषि औजार कारखानासमेत सञ्चालनको पहल थालिएको पनि बताए।
रासस