६ बैशाख २०८१, बिहीबार
Follow Us

साउदीमा एक नेपालीको निधन

sarusaru
२५ आश्विन २०७५, बिहीबार ०३:२२

काठमाडौं । साउदी अरबमा ड्राईभिङ्ग गर्दै आएका एक नेपालीको दुर्घटनामा परी ज्यान गएको छ। असोज ८ गते अन्तिम पटक घरमा फोन गरेर दशैँमा आउन पाईन अब मंसिरमा आउँछु भनेका झापा सुरुङ्गा स्थायी घर भएका ज्वाला श्रेष्ठको सडक दुर्घटनामा परी ज्यान गएको हो। आज दशैँको पहिलो दिन उनको शव नेपाल आईपुगेको छ।

दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका ३४ वर्षीय ज्वालाले ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेपछि बिदा नमिलेका कारण मंक्सिरमा आउँछु भनेको उनका बाबु जीतबहादुरले विमानस्थलमै भक्कानिँदै भने। यसअघि पनि दशैंमा आउने जाने गरेको हो तर यो पटक दैवले चुँडेर लग्यो।

निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल ज्वालाको शव नेपाल आएको उनको परिवारले बताएको छ।
डिसी नेपाल