१३ बैशाख २०८१, बिहीबार
Follow Us

आइतबार ह्यारोमा दशैं शुभकामना साँझ

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७५, बिहीबार १५:२०

विदेशी भूमिमा पनि नेपाली राष्ट्रियता, कला तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले विजया दशमी २०७५ को अवसरमा यही आउँदो आइतबार १४ अक्टोबरका दिन बेलुका नेप्लीज ब्रिटिश कम्युनिटी युकेले दशैं शुभकामना साँझ आयोजना गर्न लागेको छ।

ह्यारो फुटबल क्लबमा सो रमाइलो कार्यक्रम आयोजना हुने आयोजकले बताएका छन्।

लन्डन कविता कन्सर्ट लगायतका विविध गतिविधि गर्दै आएको एनबिसी युकेले दशैंको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेकेा संस्थाका अध्यक्ष मिलन घिमिरेले बताए।

बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेकेा सो कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकार शैलेन्द्र सिंखडाको विशेष प्रस्तुति हुनेछ। त्यस्तै स्थानीय कलाकारहरुले पनि रोचक नृत्य प्रस्तुत गर्नेछन्। सोही अवसरमा यो वर्ष जीसीएससी तथा ए लेभल पुरा गरेका भाइबहिनीहरुलाई कदरपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। कार्यक्रममा रात्रीभोजको पनि व्यवस्था गरिएको छ।

“दशैंजस्तो महत्वपूर्ण चाडमा सपरिवार भेला भएर रमाइलो गर्न र हाम्रा नानीहरुलाई हाम्रो संस्कृतिका बारे सिकाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो,” घिमिरेले भने।