१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेको परामर्शबिना संविधान संशोधन हुनै सक्दैन

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७३, आईतवार १४:०५

बनेपा । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमालेको परामर्शबिना संविधान संशोधन हुनै नसक्ने बताउनुभएको छ । एमाले काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले हचुवाका पारामा संविधान संशोधन गर्नुहुँदैन भन्नुभयो ।

“राजनीतिक संरचना र कानुनको निर्माण तथा स्थानीय निर्वाचन भए संविधानको कार्यान्वयनतर्फ मुुलुक अगाडि बढ्छ” पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।

यसअघि बनेपास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको दसौँ वार्षिकोत्सव कार्यक्रममा नेता नेपालले एमालेलाई अलग गरेर राष्ट्रिय राजनीति अघि जान नसक्ने बताउनुभयो । “हामी स्भाभिमानी छौँ, छिमेकीले आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन” उहाँले भन्नुभयो ।

नेता नेपालले जात र धर्मका नाममा राजनीति गर्दा जनतालाई बेफाइदा हुने बताउनुभयो । उहाँले संविधान कार्यान्वयन सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयन नभए २०७४ माघ ४ गतेदेखि संवैधानिक जटिलता आउने तर्क गर्नुभयो ।