१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्वारा अन्तर्राष्ट्रिय कबिता गोष्ठीको आयोजना

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७५, शुक्रबार १८:५६

काठमाडौं । गैरआबासिय नेपाली संघ , भाषा साहित्य प्रबर्द्धन समिति द्वारा आयोजित अन्तर्राष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भयो । तुलसी दिवस , राम प्रसाद ज्ञवाली , अशेष मल्ल , शैलेन्द्र साकार , धिरेन्द्र प्रेमषि , रत्न शमशेर थापा , सन्ध्या पहाडी , प्रभा भट्टराई , बिमला तिम्खेवा र रमेश पौडेल लगाएत नेपालका चर्चित कवि हरुले रचना बाचन गरेको गोष्ठीमा एनआरएनएका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरि गोष्ठी शुभारम्भ गरेका थिए भने प्रबाशी कबिहरु जानकी गुरुङ , हिक्मत थापा , युबराज गुरुङ्ग र भगवती बस्नेतले कबिता बाचन गरेका थिए ।
गोष्ठीमा एनआरएनएका पुर्ब अध्यक्ष जिबा लामिछानेले आफ्नो मन्तव्य राख्नु भएको थियो भने प्रमुख अथिती नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति डा. गङ्गा प्रसाद उप्रेती हुनुहुन्थ्यो । गोष्ठीको अध्यक्षता समितीका अध्यक्ष गोबिन्द प्रसाद गौतमले गर्नु भएको थियो ।