११ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७५, शनिबार १२:०८

काठमाडौं । झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  उनलाई शनिबार मात्र अस्पतालबाट घर लगिएको थियो । अस्पतालबाट घर फिर्ता लगिएपछि वास्तोलाको निधनको चर्चा चलेको थियो । डाक्टरहरुले वास्तोलाको ‘क्लिनिकल्ली डेथ’ भनेको थियो । १४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए ।
पटक पटक मन्त्री बनेका बास्तोला कूटनीतिक क्षेत्रमा पनि त्यत्तिकै दल्लख राख्थे । परराष्ट्र, कृषि र पर्यटन मन्त्रालय सम्हालेका बास्तोला भारतका लागि राजदूतसमेत बनेका थिए । उनी कोइराला परिवारका निकट कांग्रेस नेता थिए ।