११ बैशाख २०८१, मंगलवार
Follow Us

क्यासिनो माजोंगलाई बेस्ट क्यासिनो अवार्ड

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७५, शनिबार १६:३३

काठमाडौं । काठमाडौंको सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोंगले सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री के जे अल्फोन्स र संसदीय कार्य व्यवस्था मन्त्री बिजय गोयलको प्रमुख आतिथ्यमा हालै भारतको नयाँदिल्लीमा भएको विशेष समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक बिनोद श्रेष्ठको तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा कम्पनीका महाम्रवन्धक अमुल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

पर्यटन तथा आतिथ्य उद्योग सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेन्ट्री प्रस्तुत गरेको थियो ।
२०६९ पुस १२ गते ऋबकष्लय ःबजवयलन सोल्टी होटलको परिसरमा संचालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड रुपैयाँ चुक्ता शेयर पुँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रा.लि.आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आइरहेको छ ।

यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । कुनैपनि राजश्व रकम बुझाउन बाँकी नभएको दावी व्यवस्थापनले जनाएको छ । हालसम्म कम्पनीले २८ करोड भन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।
यस क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।

क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनो योगदान होटल व्यावसायतर्फ मात्र नभइ वायुसेवा व्यावसायतर्फ पनि उत्तिकै रहेको छ । गत आथिएक वर्ष करिब एक लाख खेलाडीहरुले यस क्यासिनोमा खेलेको व्यवस्थापनले बताएको छ । आधुनिक सामग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रिएसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको व्यवस्थापनले लक्ष्य रहेको बताएको छ ।