६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल–सुरीनामबीच दौंत्य सम्बन्ध

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७५, शनिबार २१:३१

काठमाडौं – नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ।

दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो। संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो।