१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अध्यक्ष भट्टसंग नेतृत्वको लागि सहमति भैसकेको पन्तको दावी (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७५, शनिबार २३:५९

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले अगामी कार्यकालको लागि संघको अध्यक्ष पदमा दावी गरेका छन् । पन्तले प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रमको लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिदैं वर्तमान अध्यक्ष भवन भट्ट र आफु बीच नेतृत्वको लागि अग्रीम सहमति भएको खुलासा गरेका छन् । उनले पहिलो कार्यकाल भवन भट्ट र अगामी कार्यकालको नेतृत्व आफुले समाल्ने बारेमा सहमति भएको स्वीकार गरेका छन् ।

उनले भने ‘एक पटक अध्यक्ष भवन भट्टलाई आफुलाई सहयोग गर्ने र अर्को पटक उहाँले मलाई सहयोग गर्ने सहमति भएको हो’ । पन्तले आफुले अध्यक्षमा उम्मेदवारी दिएमा भवन भट्टले सहयोग गर्ने वताए । उनले सहमतिमा तलमाथि हुनुहुदैन् भन्दै सबै मान्छे इमान्दार हुनु पर्नेमा जोड दिए । उनले २ वर्षे कार्यकालको भर्खर मात्र १ वर्ष सकिएको हुनाले अहिलेनै निर्वाचनको चर्चा गर्नु उचित नहुने वताए ।

उनले भने ‘मेरो अध्यक्षमा दावी स्वभाविक हो विधानअनुरुप दुई पटक उपाध्यक्ष भएको व्यक्ति फेरी उपाध्यक्ष भएर लड्न पाइदैंन मसंग दुईवटा मात्र विकल्प छन् अध्यक्ष हुने वा संघबाट रिटार्यस हुने । त्यसैले अध्यक्ष पदको दावी स्वाभाविक हो ।’