१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रेम विवाहको एक महिनामै सम्बन्ध विच्छेदको उजुरी

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७५, आईतवार ०६:३६

सप्तरी । प्रेम विवाह गरेको एक महिनामा नै एक युवतीले सम्बन्ध विच्छेदको उजुरी दर्ता गराएकी छिन् । सप्तरी जिल्ला अदालतबाट गत भदौ ४ गते नाता कायम गराएकी सप्तकोशी नगरपालिका–९ कमलपुरकी आस्मिताकुमारी साहले सोही अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।
नशालु मादक पदार्थ सेवन गरी श्रीमान डाक्नेश्वरी नगरपालिका–३ का राकेशकुमार रायले मानसिक र शारिरीक यातना दिने गरेकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको साहले बताइन् ।